प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याइयो

सफल खबर संवाददाता

बुधबार, १५ जेठ २०७६, १६ : ५४
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याइयो

काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब एक करोड बजेट छुट्याएको छ ।

बुधबार संसदमा आर्थिक वर्ष २०७६/७७को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो जानकारी दिएका हुन् । बजेटमा स्वरोजगारीलाई व्यवस्था गर्न पुँजीको व्यवस्था गरिएको छ । 

समपुरक र विशेष योगदानमा समेत ५ अर्ब १ करोड बिनियोजन गरिएको छ । त्यस्तै श्रम तथा रोजगार क्षेत्रमा सात अर्ब १४ करोड विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस