घिउ कति लाभदायी ?

सफल खबर संवाददाता

मंगलबार, १७ बैशाख २०७६, २१ : ४२
घिउ कति लाभदायी ?

घिउ सर्वसुलभ चिल्लोपदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रालाई भने ध्यान पु¥याउनुपर्छ । घिउ सेवनका अनेक फाइदा छन् :

-घिउ सेवनले छालामा चमक ल्याउनुका साथै स्वस्थसमेत बनाउँछ ।
-यसले स्मरण शक्तिमा पनि सकरात्मक प्रभाव पार्छ । 
-कब्जियतका बिरामीलाई घिउ निकै फाइदाजनक हुन्छ । 
-घिउ सेवनले जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहायता पुग्छ ।
-यसले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
-यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरा घटाउनसमेत काम गर्छ ।
-घिउले शरीरमा भिटामिन डी उपलब्ध हुने वातावरण सिर्जना गर्छ ।
-घिउको सेवनले मधुमेहको समस्या समाधानमा मद्दत पु-याउँछ ।
-घिउले रगतमा चिनी नियन्त्रण गर्नुका साथै विकार वस्तुको खतराबाट पेटलाई जोगाउँछ । 
-घिउले शरीरलाई आरामदायी बनाउनका साथै निद्रामा सहयोग पु-याउँछ ।
-घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । विशेषगरी, यसको उपयोगबाट डिप फ्राई, तरकारी, दालरोटी र परौठा आदि बनाउन सकिन्छ । नयाँ पत्रीका 

प्रतिक्रिया दिनुहोस