'श्रीमतीको नाममा रहेको आठ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको हुँ'

सफल खबर संवाददाता

शुक्रबार, ०६ बैशाख २०७६, २० : ५२
'श्रीमतीको नाममा रहेको आठ कठ्ठा जग्गा बेचेर बालुवाटारमा ८ आना जग्गा किनेको हुँ'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै २०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दिघाट नगरपालिका वडा नं १० (साविक तिलकपुर गाउँ विकास समिति, वडा नं ३) मा पूर्व–पश्चिम राजमार्ग नजिकै श्रीमतीको नाममा रहेको आठ कठ्ठा जग्गा बिक्रीको पैसाबाट काठमाडौँ महानगरपालिका–४, बालुवाटारस्थित उक्त आठ आना जग्गा विसं २०६४ मा किनेको उल्लेख गर्नुभएको छ । 
विज्ञप्तिमा २०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं ४, बालुवाटारस्थित उक्त आठ आना जग्गाको दर्ता स्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानूनबमोजिम सम्बन्धित कार्यालयले खरीद बिक्री गर्न मिल्ने यकिन गरी लिखत पारित गरी लाग्ने राजस्व लिइ छोरा नवीन पौडेलको नाममा पास गरिदिएकोसमेत उल्लेख छ । 

    

प्रतिक्रिया दिनुहोस