एकता टुँग्याउन नेकपामा घनिभूत छलफल हुँदै, चीन भ्रमणमा रहेका महासचिव पौडेल भ्रमण छोट्याउँदै फर्किए

आज र भोलि नेपालसँग निर्णायक छलफल

सफल खबर संवाददाता

शुक्रबार, ०६ बैशाख २०७६, ०७ : ३५
एकता टुँग्याउन नेकपामा घनिभूत छलफल हुँदै, चीन भ्रमणमा रहेका महासचिव पौडेल भ्रमण छोट्याउँदै फर्किए

फाईल फोटो

काठमाडौं । नेकपाले लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसका दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुग्याउन खोजेको छ । वरिष्ठ नेता माधव नेपाल सहमतिमा आए उक्त दिनसम्ममा प्रस्ताव सचिवालयवाटै अनुमोदन गराई टुग्याउने तयारी गरेको हो ।

त्यसका लागि आज शुक्रवार र भोलि शनिवार दुई अध्यक्षले वरिष्ठ नेता नेपालसाग घनीभूत छलफल गर्ने भएका छन् । ७७ जिल्ला कमिटिमध्ये ४५ ततकालिन एमाले र ३२ माओवादीले नेतृत्व लिने समझदारी वनेपनि पूर्व एमालेमा नेतृत्वका विषयमा विवाद देखिएपछि प्रक्रिया अवरुद्ध हुदै आएको थियो ।

वरिष्ठ नेता नेपालले पार्टीमा जिम्मेवारी चयनमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले एकलौटी गर्न खोजेको भन्द्यै निरन्तर असन्तुष्टि जनाउादै आईरहेका छन् । उनले कमिटहरुको एकता कमिटि कमिटिको हुनुपर्ने र त्यसका लागि निश्चित विधि वनाई जानुपर्ने पक्षमा अडडी लिईरहेका छन् । तर ओली एकता प्रक्रिया विशिष्ट अवस्थामा भएकोले विगत कमिटिमा रहेका मात्रै भनेर अल्झिन नहुने र सवैलाई समेटनु पर्ने भन्द्यै नेपालको प्रस्तावमा सकारात्मक वन्न सकिरहेका छैनन । जसकाकारण एकता प्रक्रियामा उल्झन आईरहेको नेकपा स्रोतले वतायो ।

दुई अध्यक्षले वरिष्ठ नेता नेपाललाई मनाउन यसै साता मात्रै पनि अहिलेसम्म चार पटक छलफल गरिसकेका छन् । हिजो विहविार पनि प्रधानमन्त्री निवास वालुवाटारमा दुई अध्यक्षले नेता नेपालसाग छलफल गरेका थिए ।

ओली र नेपालसागको छलफल पछि अध्यक्ष प्रचण्ड परिवारसहित सिन्धुपाल्चोकको सुकेटेमा आरामका लागि पुगेका छन् । उनी आजै विहान काठमाडौं फर्किएपछि नेपालसाग थप छलफल हुने वालुवाटार स्रँेतले वताएको छ । ९ वैशाखभित्रै एकता प्रक्रिया टुग्याउने तयारीका साथ नै अध्यक्षद्दयले साताब्यापी चिन भ्रमणमा रहेका महासचिव विष्णु पौडेललाई पनि भ्रमण छोटायाई काठमाडौं फर्किन निर्देशन गरेका थिए । भोलि शनिवार मात्रै स्वदेश फर्किने कार्यतालिका सहित चिन पुगेका मआसचिव पौडेल अध्यक्षद्दयको निर्देशन पछि हिजो विहिवार नै स्वदेश आईपुगिसकेका छन् ।

एकतामा अव उल्झन ल्याउन नदिन अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपाल र प्रधानमन्त्री तथा समकक्षी अध्यक्ष केप ीओलीलाई मिलाउन अनेक जुक्ति निकालीरहेका छन् । त्यही क्रममा उनले नयाँ प्रस्ताव अहिले राखेका छन् । दुवै पक्षले अडान नछोडेपछि मध्यमार्गी विकल्पका रुपमा प्रचण्डले जनप्रतिनिधी भएपनि वरिष्ठलाई नेतृत्व दिनुपर्ने नयाँ प्रस्ताव राखेका छन् ।

प्रचण्डको त्यस्तो प्रस्तावमा वरिष्ठ नेता नेपाल सकारात्मक देखिएका छन् ।ओलीले पनि एउटा विकल्प हुन सक्ने भनी पारम्भिक प्रतिक्रिया वैठकका क्रममा दिएको स्रोत वताउँछ । दुई दिनको छलफलवाट पनि निश्र्कष निस्कन नसकेमा भने सिधै नेतृत्व घोषणा गरेर जानुपर्ने दवाव ओली पक्षका नेताहरुले प्रधानमन्त्री ओलीलाई दिन थालेका छन् ।

प्रदेश २ का इन्चार्ज समेत रहेका ओली निकट स्थायी समिति सदस्य सत्यनारायाण् मण्डलले सफलखवरसाग भने, अव पनि पार्टीमा लोकतन्त्र, आन्तकिर जनवाद भनेर वस्ने स्थिती छैन । विशिष्ट चरणमा पार्टी एकता भएकोले सधै विवाद वहस गरेर रुमल्लिने वेला छैन । मिलेन भने अव सिधै जिल्ला तहको नेतृत्व घोषणा गरेर जानुपर्छ ।
 

प्रतिक्रिया दिनुहोस