एघारौं कृति अवार्डसको टाइटल स्पोन्सर चौधरी गु्रपले गर्ने

सफल खबर संवाददाता

विहीबार, ०५ बैशाख २०७६, १७ : ५८
एघारौं कृति अवार्डसको टाइटल स्पोन्सर चौधरी गु्रपले गर्ने

काठमाडौं । एघारौं कृति अवार्डसको टाइटल स्पोन्सर चौधरी गु्रपले गर्ने भएको छ । स्पोन्सर नेपाल आइस र पावर वाई सिजी सिमेन्टले गर्नेछ  ।   

चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र नेपाल विज्ञापन संघका अध्यक्ष रविन्द्रकुमार रिजाल ‘शशी’ले बिहीबार कार्यक्रमको आयोजना गरी उक्त अवार्डसको टाइटल स्पोन्सर सम्बन्धी एमओयूमा संयुक्त हस्ताक्षर गर्नुभएको हो ।

कार्यक्रममा चौधरी गु्रपका प्रबन्ध निर्देशक चौधरीले नेपाल विज्ञापन संघले विगत २०६० सालदेखि गर्दै आएको कृति अवार्डसलाई विगत केही वर्षदेखिका संस्करणहरुमा सिजी गु्रपले प्रायोजन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले भविष्यमा सहकार्य जारी राख्ने बताउनुभयो । नेपाल विज्ञापन संघका अध्यक्ष शशीले टाइटल स्पोन्सर सिजी ब्रुअरी र पावर वाई सिजी सिमेन्टलाई कार्यक्रम प्रायोजनका लागि धन्यवाद  दिनुभयो । उहाँले भविष्यमा पनि नेपाल विज्ञापन संघ र सिजी ग्रुपबीचमा सहकार्य रहिरहने विश्वास व्यक्त गर्नुभयो । 

विज्ञापनका सृजनशील हातहरुलाई सम्मान गर्ने यो कृति अवार्डस विज्ञापन क्षेत्रलगायत सम्पूर्ण मिडिया र विज्ञापनदाताहरुको सामूहिक उत्सवको रुपमा रहेको छ । नेपाल विज्ञापन संघले २०७६ साल भदौ ६ गते एघारौं कृति अवार्डसको आयोजना गर्देछ । 

प्रतिक्रिया दिनुहोस