हावाहुरी पीडितलाई धुर्मुसले बाँडे किताव कापी

सफल खबर संवाददाता

विहीबार, ०५ बैशाख २०७६, १६ : ५३
हावाहुरी पीडितलाई धुर्मुसले बाँडे किताव कापी

बारा । धुर्मुस सुन्तली फाउन्डेसनमाफर्त सामाजिक अभियन्ता बनेर हिडेका सिताराम कट्टेलले धेरैको घाउमा मल्हम लगाउने काम गरेका छन् । एकीकृत नमुना बस्ती होस वा तराई डुबेको बेला होस उनी उद्धार र राहतमा खटिएका छन् । सामाजिक अभियन्ता बनेकै कारण बेला बेला बिवादमा समेत मुछिने गरेका सितारामले आफना पाइलाहरु भने रोकेका छैनन् । यसैबीच केही समय अगाडी बारा र पर्सामा टोर्नाडो आँधीकारण प्रभावित भएका स्कुले बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गर्न उनी बिहिबार बिहान प्रभावित क्षेत्र पुगेका छन् ।

नयाँ भर्ना अभियान सुरु भएसंगै उनी आँधी प्रभावित बिद्यार्थीहरुलाई बिद्यालय फर्काउन उनी शैक्षिक सामाग्रीसहित त्यहाँ पुगेका हुन् । उनले सबैभन्दा बढी प्रभावित क्षेत्र बाराको फेटा गाउँपालीकाका बिभिन्न स्थानका करिब ४ सय बालबालिका र पर्साका प्रभावित ४ सय बालबालिकालाई गरी ८ सय बालबालिकालाई करिब ९ लाख ४४ हजार १ सय १८ मुल्यको किताव कापी, झोला लगायतका स्टेशनरी सामान र केही लत्ताकपडा बितरण गरे ।

उनले शैक्षिक सामाग्री बितरण गर्दे आँधीपछि बालबालिकाहरुमा मानसिक असर परेको र तीनलाई खुसी प्रदान गर्न आफु प्रभावित क्षेत्र आएको बताए । उनले सिंगो गाँउकै भबिष्य अन्यौलमा रहे पनि उनले कम्तीमा बालबालिकाहरुलाई बिद्यालय जाने वातावरण चाही तुरुन्तै बनाउनु पर्ने बताउँछन् । उनले सरकारले थालेको भर्ना अभियानमा सहयोगीको भूमिका खेल्न पनि आएको उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस