कुकर बममा बासी भात भेटिएपछि डिस्पोज टोली नै छक्क

सफल खबर संवाददाता

विहीबार, ०५ बैशाख २०७६, १४ : ३१
कुकर बममा बासी भात भेटिएपछि डिस्पोज टोली नै छक्क

मोरङ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका दिन मोरङको सुन्दरहरैचा नगरपालिकामा नक्कली कुकर बम फेला परेको छ । 
बिहीबार बिहान सुन्दरहरैचा नगरपालिका-७ स्थित बेलगाछीमा कुकर बम फेला प¥यो । त्यसपछि स्थानीयहरु त्रसित हुनुका साथै पूर्व-पश्चिम राजमार्ग समेत केही समय अवरुद्द भयो ।

तर नेपाली सेनाको टोली उक्त स्थानमा आएर डिस्पोज गर्न खोज्दा बम भनिएको उक्त कुकरभित्र बासी भात भेटियो ।कुकरमा तार जडान गरेर बम जस्तै देखिने गरी राखिएको थियो  तर भात भेटिएपछि डिस्पोज टोली नै छक्क परेर फर्कियो । त्यसपछि त्यहाँको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस