मकवानपुरको दुई स्थानमा गाडीमा आगजनी

सफल खबर संवाददाता

विहीबार, ०५ बैशाख २०७६, १० : ०८
मकवानपुरको दुई स्थानमा गाडीमा आगजनी

सांकेतिक तस्विर

काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको दुई स्थानमा गाडीमा आगजनी भएको छ । 
थाहा नगरपालिका र भिमफेदी गाउँपालिकामा राती अज्ञात समूहले गाडीमा आगजनी गरेको प्रदेश ३ का प्रहरी प्रमुख (डीआईजी) दिपक थापाले जानकारी दिए ।
डीआईजी थापाका अनुसार काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना २ च ९०९४ नम्बरको बसलाई अज्ञात समूहले बुधबार ११ः १५ बजे नै आगजनी गरेका छन् भने भिमफेदी गाउँपालिका–९ मा तरकारी लोड गरेर राखेको तरकारी बोक्ने ना ४ ख ७९६० नम्बरको गाडी पनि जलाएका छ । 

बन्दको पूर्वसन्ध्यामा गाडीमा आगजनी भएपछि विप्लव समूहले गरेको हुन सक्ने डीआईजी थापाको अनुमान छ । गाडीमा आगजनी गर्ने समूहको खोजी भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस