पाल्पामा बम विस्फोट, देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

सफल खबर संवाददाता

विहीबार, ०५ बैशाख २०७६, ०९ : ३२
पाल्पामा बम विस्फोट, देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

सांकेतिक तस्विर

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका  दिन  विहिबार देशका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परेका छन् ।

पाल्पामा बम विस्फोट गराइएको छ भने अन्य स्थानमा भने अवस्था सामान्य रहेको छ । पल्पाको रिब्दिकोट गाउँपालिकाको कार्यालय परिसरको सेवाग्राही बस्ने प्रतिक्षलयमा विहिवार विहान करिव साढे एक बजेको समयमा बम विस्फोट भएको पाल्पाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए । वम विष्फोटबाट गाउँपालिकाको कार्यालय भवनमा र प्रतिक्षालयमा क्षति पुगेको छ । 

रुपन्देहीको दुई स्थानमा शंकास्पद वस्तु राखिए पनि ती नक्कली भएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए । रुपन्देहीको कञ्चन गाउँपालिका २ को कार्यालयभन्दा करिव ५० मिटर दुरीमा  गत राती ग्याँस सिलिन्डर विष्फोट गराइएको थियो भने टाईगर रिसोर्ट अगाडी बमजस्तो देखिने नक्कली वस्तु राखिएको बुटवल ईलाका प्रहरी कार्यालय प्रमुख डिएसपी डिलबहादुर मल्लले जानकारी दिए । ‘तर्साउने प्रयास मात्रै भएको छ, अवस्था सामन्य छ,’ उनले भने ।

वर्दियाको बाँसगढीमा  स्थानमा पनि शंकास्पद वस्तु राखिएको तर त्यो नक्कली भएको स्थानीय प्रहरीले जनाएको दिएको छ । पुर्वी रुकुम, रोल्पा, बाँके, दाङ्ग, कपिलवस्तु , प्युठान , अर्घाखाँची, गुल्मी र पश्चिम नवलरासीको अवस्था सामन्य रहेको ती जिल्लाका प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस