तीन वर्षमा पनि कांग्रेसले बनाउन सकेन केन्द्रीय विभाग

सफल खबर संवाददाता

विहीबार, ०५ बैशाख २०७६, ०८ : ०७
तीन वर्षमा पनि कांग्रेसले बनाउन सकेन केन्द्रीय विभाग

फाईल फोटो

काठमाडौं । कांग्रेसमा शेरवहादुर देउवा पार्टी सभापति भएको तीन वर्ष पुगिसकेको छ । विद्यान अनुसार यही वर्षको फागुनसम्म उसले नयाँ नेतृत्वका लागि फेरि १४ औं महाधिवेशन गर्नुपर्ने हुन्छ । तर उसले केन्द्रीय नेताहरुको कार्यविभाजन र पार्टी परिचालनका लागि वनाउनु पर्ने केन्द्रीय विभागहरु उसले अहिलेसम्म वनाउन सकेको छैन ।

पार्टीभित्र देखिएका गुटका कारण सभापति देउवाले विभाग गठन गर्न नसकेका हुन् । केन्द्रीय विभाग नै गठन गर्न नसकेका सभापति देउवा केन्द्रीय समितिको कार्यकाल विशेष अवस्था देखाउँदै थप एक वर्ष लम्वाउने योजनामा छन् । महाधिवशेनको प्रतिनिधीत्वका लागि केन्द्रीय नेताहरु पनि तलैवाट चुनिएर आउनुपर्ने र आरक्षणमा एक ब्यीक्तले एकपटक मात्र अवसर पाउनुपर्ने मतमा केन्द्रीय नेताहरु नै विभाजित हुँदा सभापति देउवाले वहुमतका आधारमा विद्यान पारित गरेपछि देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको वीचमा देखिएको विवाद मथ्थर भएको छैन ।

वल्लतल्ल अनुशासन समिति वनाएको काग्रेसले केन्द्रीय कार्यसम्पादन समिति र विभाग गठनको तयारी भने अव गर्न खोजेको देउवापक्षिय एक नेताले वताए । सवैतिर भागवन्डाका आधारमा निर्णय लिन खोजिएको ति नेताले वताए ।

देउवा पक्षले ६० र पौडेल पक्षलाई ४० प्रतिशतका आधारमा भागवन्डा लगाउने गरि विभाग गठनको तयारी सभापति देउवाले गर्न खोजेका छन् ।

कांग्रेसमा २८ ओटा केन्द्रीय विभाग छन् । विभाग गठन हुँदा झण्डै १५ सय नेता कार्यकर्ताले पार्टी जिम्मेवारी पाउनेछन् । २८ विभागमध्ये वरिष्ठ नेता पौडेल पक्षलाई ११ ओटा विभागको नेतृत्व दिने तयारी सभापति देउवाको छ । केन्द्रीय कार्यसम्पादनमा ६०, ४० को भागवन्डा भएपछि विभागमा पनि त्यही अनुसारको भागवन्डा हुन लागेको काग्रेस नेताहरुको भनाई छ ।

केन्द्रीय विभाग गठन पछि भातृ सस्थामा देखिएको समस्या समाधानमा लाग्ने योजनामा देउवा लागेको उनी निकट एक केन्द्रीय सदस्यले वताए । काग्रेसका मुख्य भातृ सस्थामा जताततै भदैगोल छ । विद्यार्थी संगठनमा नेतृत्व नै छैन । तरुण दलमा पदाधिकारी मत्र छन्, केन्द्रीय कार्यसमिति नै छैन । दलितमा महाधिवशेन नै नभएको ७ वर्ष पुगेको छ ।

पार्टीभित्रकै आन्तरिक किचलोमा फसेको कांग्रेसका शीर्ष नेताहरु भने आगामी १४ औं महाधिवशेन लक्षित गदै जिल्ला दौडाहमा पनि निस्कन थालेका छन् । आन्तरिक किचलोमा फसेका कारण  प्रतिपक्ष काग्रेस सदन, सडक सवैतिर कमजोर देखिन पुगेको छ । कुनै राजनीतिक मुद्दामा काग्रेसका आफनै पार्टी अडान देखिएन । वाइडवडी प्रकरण, सिके राउतसँग सरकारले गरेको सम्झौता, विप्लव नेकपामाथीको प्रतिवन्ध जस्ता विषयमा प्रतिपक्षी काग्रेसको पार्टी अडान नै नदेखिएको भन्दै काग्रेसभित्र नेतृत्वको आलोचना हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस