कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, १८ : १६
कैलालीको बलियामा जनता बैंकको नयाँ शाखा

कैलाली । जनता बैंक नेपाल लिमिटेडले कैलालीको चुहा नगरपालिका ४ स्थित बलिया शाखाबाट सेवा सुरु गरेको छ । आज एक समारोहकाबीच सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले सो शाखाको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बाल्दै मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जिवनस्तर उठाउन महत्वपूर्ण भुमिका रहने चर्चा गर्नुभयो । 
उक्त शाखा उद्घाटनको अवसरमा सोही स्थानमा जनता बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा १ हजार जनाभन्दा बढीले सेवा लिएका छन् । मोतिबिन्दु सम्बन्धि बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने बंैकले जनाएको छ ।
बलिया शाखासँगै जनता बैंकको मुलुकभर १२९ पुगेको छ भने सुदुरपश्चिम प्रदेशमा शाखा संख्या ९ पुगेको छ  । साथै यसै प्रदेशको धनगढी उपमहानगरपालिका वडा नम्बर १ सेतोपुलमा नयाँ शाखा खुल्ने क्रममा रहेको बैंकले जनाएको छ । बैंकले यी शाखाहरु सहित ९६ एटिएम, ५० शाखा रहित बैंकिङ्क, ३ एक्स्टेनसन काउन्टर र १ सिमित बैंकिङ्कबाट करिव ६ लाख ग्राहकहरुलाई बैंकिङ्क सेवा पु¥याइरहेको छ । 

प्रतिक्रिया दिनुहोस