एनआई सी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, १७ : ४५
एनआई सी एशिया बैंक र नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेड र नेपाल क्यान्सर हस्पिटल, हरिसिद्घिबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र हस्पिटलको तर्फबाट नेपाल क्यान्सर हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ ।

एनआई सी एशिया मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।  करिब १५ लाख ग्राहककासाथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकका नायब प्रमुख सुचना अधिकृत अर्जुन राजखनियाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 
 

प्रतिक्रिया दिनुहोस