सेना–प्रहरी गुहार्दै विप्लव

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, १६ : २९
सेना–प्रहरी गुहार्दै विप्लव

काठमाडौं । प्रतिबन्धित पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीले चलाएको राजनीतिक आन्दोलनप्रति संयम रहन नेपाली सेना तथा प्रहरीलाई आग्रह गरका छन् । विप्लवले पुँजीवाद-दलाल पुँजीवाद रहेसम्म जनता पनि मुक्त नहुने र सुख र समृद्धी पनि नआउने भन्दै सेना र प्रहरीहरु पनि यो व्यवस्थाबाट पीडित भएको भन्दै आन्दोलनलाई राजनीतिकरुपमा लिन र सहयोग गर्न अपील गरेका हुन् ।

विप्लवले भोली बैसाख ५ गते आहरवान गरको नेपाल बन्दलाई सफल पार्न सबैलाई सहयोग गर्दै प्रकाशन गरेको विज्ञप्तिमा यस्तो कुरा उल्लेख गरिएको छ । सरकारले लगाएको प्रतिबन्ध र आफ्ना नेता कार्यकर्ता गिरफ्तार गरेको विरोधमा सो पाटीले बैसाख ५ गते नेपाल बन्दको आयोजना गरेको छ ।

विप्लवले विज्ञप्तिमा भेका छन्, जनतामाथिको दमन र प्रतिबन्ध भन्ने कुरा दलाल वर्गका थैली भर्ने फट्याइँ मात्र हुन् । यस्ता नयाँ जोगीहरूको उचालाईमा लागेर सेना–प्रहरीहरूका जवान र अफिसरहरू पनि धेरै चकचक नगरौँ । तसर्थ आउनुहोस् जनसमुदाय मुक्ति, अधिकार र स्वाधीनताका लागि सारा एक हौँ र केपी वली सरकारको फासिवादी दमनको प्रतिरोध गरौँ ।’

प्रतिक्रिया दिनुहोस