देशभरका पत्रकार आन्दोलित, थप संर्घषका कार्यक्रम सार्वजनिक

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, १३ : ०९
देशभरका पत्रकार आन्दोलित, थप संर्घषका कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासंघले थप संर्घषका कार्यक्रम सार्वजनिक गरेको छ । विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पक्राउ परेका पत्रकार अर्जुन गिरीसहितका पत्रकारहरुको रिहाईको माग गदै पत्रकार महासंघले थप संर्घषका कार्यक्रम सार्वजनिक गरेको हो ।

महासंघका महासचिव रमेश विष्टद्धारा जारी प्रेस वक्तव्यमा जनाइए अनुसार आज बैशाख ४ गते विभिन्न संचार माध्यम र सामाजिक संजालमार्फत् विद्युतीय कारोवार ऐनको दफा ४७ र ४८ को खारेजी तथा पत्रकार पक्राउको विरोध गर्ने, भोली बैशाख ५ गते विहान ९ः३० देखी १०ः३० सम्म नेपाल पत्रकार महासंघ जिल्ला शाखामार्फत् देशैभरका सबै जिल्ला प्रसासन कार्यालयमा १ घण्टा धर्ना बस्ने र भोली नै केन्द्रीय समितिको तर्फबाट गृहमन्त्रात्रालय र संचार मन्त्रालयमार्फत् विरोध पत्र बुझाउने कार्यक्रम तय पत्रकार महासंघले तय गरेको छ ।

महासंघ अध्यक्ष गोविन्द आचार्यले थप संर्घषका कार्यक्रम तय गर्न महासंघको उपलब्ध केन्द्रीय समितिको वैठक समेत वोलाईएको वताए । आचार्यका अनुसार, भोलि नै उपलब्ध केन्द्रीय सदस्यहरुको वैठक महासंघ केन्द्रीय कार्यालयमा वस्नेछ ।
उनले पत्रकार महासंघको आन्दोलनमा सहभागिता, समर्थन र ऐक्यवद्धताका लागि आग्रह समेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस