ओली र नेपाललाई मिलाउँदै प्रचण्ड

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, ०७ : ३६
ओली र नेपाललाई मिलाउँदै प्रचण्ड

काठमाडौं । प्रचण्ड कस्ता ब्यक्ति हुन् ? नेकपाका अध्यक्ष रहेका उनलाई राजनीतिक वृत्तमा अनेकथरी विशेषण लगाई टिप्पणी गर्ने क्रम रोकिएको छैन । तर उनलाई नजिकवाट चिन्ने जान्नेहरु भन्छन्, – ‘प्रचण्ड गतिशिल छन् । समय अनुसार चल्न सक्छन् । संकटका वेला निर्णयक निर्णय लिन सक्ने क्षमता राख्छन् ।’

यही क्षमता अहिले पनि प्रचण्डले पार्टीभित्र देखाईरहेका छन् । नेकपामा प्रचण्ड पार्टीभित्रका सवैखाले नेताहरुका लागि पनि आशालाग्दा नेता वनिरहेका छन् । उनी पार्टीभित्र अत्यन्त ब्यवहारिक र परिपक्व नेताका रुपमा स्थापित हुँदै गईरहेका छन् । ३ जेठमा नेपालका दुई ठूला कम्युनिष्ट पार्टी एकता पछि पनि प्रचण्डको भूमिका पार्टीका असहमत पक्षलाई मिलाउने र नेतृत्वले देखाउनु पर्ने सन्तुलित र नेतृत्वदायी भूमिका निर्वाह गर्नमै देखिन थालेको छ ।

तत्कालिन एमालेभित्रको अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल पक्षवीचको अस्वस्थ्य राजनीतिवाट गिजोलिएको आन्तरिक राजनीतिमा समेत उनको सन्तुलनकारी भूमिका देखिएको छ ।

पछिल्लो पटक ओली नेपाल पक्षका वीचमा देखिएको असन्तुलनकारी राजनीति मिलाउन पनि प्रचण्डले भूमिका खेलिरहेका छन् । नेपाल पक्षका केन्द्रीय सदस्य जगन्नाथ खतिवडा भन्छन्, – ‘प्रचण्ड नवोलिए दिएको भए या निर्णायक नवनेको भए ओली पक्षले हामीलाई (नेपाल पक्ष) पेलेरै अगाडी जान्थे । तर प्रचण्डले ओलीलाई एकलौटी गर्न दिएका छैनन् ।’ उनको वुझाईमा पार्टी एकताको जिम्मेवारी तय गर्ने वेलामा ओलीले नेपाल पक्षका नेताहरुलाई नेतृत्वमा स्थापित गराउन चाहेकै थिएनन । जिल्ला तहको एकताका क्रममा ओलीले नेपाल पक्षका नेताहरुलाई खुम्चाउन खोजेका थिए । त्यही अनुसारको प्रस्ताव पनि तयार पारेका थिए  । तर प्रचण्डले नेपाल पक्षलाई पनि समेटनु पर्ने अडान लिएपछि ओलीले पार्टीभित्र एकलौटी गर्न पाएका छैनन ।

‘प्रचण्ड जीको भूमिका सन्तुलनकारी र सवैलाई मिलाएर लैजानुपर्छ भन्ने नै देखिएको छ,’ खतिवडा भन्छन्, ‘अहिले जिल्ला तहको पार्टी एकताका क्रममा पनि उहाँको भूमिका सवैलाई मिलाउनु पर्छ भन्नेतिरै देखिएको छ । यो उहाँको परिपक्व राजनीति हो ।’

नेकपामा तत्कालिन एमाले खेमाभित्र जिल्ला तहको नेतृत्व चयनमा ओलीपक्षले नेपाल पक्षलाई जम्माजम्मी दुई जिल्लाको मात्र अध्यक्ष दिने गरि प्रस्ताव तयार पारेको आरोप नेपाल पक्षको थियो । त्यस्तो प्रस्ताव सचिवालयमा जर्वजस्ती पारित गरेर जान ओलीले खोजेको तर त्यसमा प्रचण्डले नेपालसँग पनि सहमति गरेर जानुपर्ने धारणा राखेपछि ओली रोकिएको वुझाईमा नेपाल पक्षका नेताहरु छन् ।

प्रचण्डकै भूमिकाका आधारमा अहिले ओली वरिष्ठ नेता नेपालसँग पनि सम्वाद गरेर जान तयार भएको खतिवडा वताउँछन् ।

नेकपाको गत पुसमा सम्पन्न स्थायी समिति वैठकमा पनि प्रचण्ड सवै नेताहरुका आशालाग्दा नेता वनेका थिए । स्थायी समिति वैठक वस्दा तत्कालिन एमालेभित्रका ओली र नेपाल पक्षका नेताहरुका वीचमा टसलको अवस्था थियो । ओलीका वोली र प्रस्ताव नेपाल पक्षका नेतालाई स्वीकार्य नहुने, नेपालको प्रस्ताव र वोली ओली पक्षका नेताहरु सुन्नै नचाहने अवस्थामा थिए । माओवादी धारका नेताहरु मध्यमार्गी देखिएको र एमालेभित्रका नेताहरुमा गुटगत आधारमा आरोप÷प्रत्यारोपमा उत्रिरहेका वेला त्यसवेला स्थायी समिति वैठक कसरी टुंिगएला भन्ने जिज्ञासा आम नेता कार्यकर्तामै थियो । तर १२ पुसको स्थायी समिति वैठकमा प्रचण्डले वैठक टुग्याउने मध्यमार्गी प्रस्ताव राखे ।

पार्टी एकीकरणको काम स्थायी समितिवाटै कार्यदल वनाई प्रस्ताव तयार पार्ने र स्थायी समितिवाट अनुमोदन गराएर एक महिनाभित्रै टुग्याउने, अध्यक्षद्दयको राजनीतिक  प्रतिवेदन परिमार्जन गर्ने र सरकार पार्टी निर्णयकै आधारमा चल्ने त्यसवेला प्रचण्डको प्रस्ताव थियो ।

अन्ततः वैठक अध्यक्ष ओलीले नचाहदा नचाहदै पनि त्यही दिशामा पुगेर टुंगियो । तर पनि नेकपाभित्रको एकता को काम कार्यदलले गर्न पाएन । अध्यक्ष ओलीले नै कार्यदललाइृ काम गर्ने सहज वाटो नखोलिएदिएको कारण कार्यदलले काम गर्न नसकेको आरोप नेपाल पक्षको थियो ।

ओली पक्षले एकता प्रक्रियामा आफुखुसी निर्णय लिन कार्यदल विघटन गराएको निश्र्कष नेपाल पक्षको थियो । तर अध्यक्ष प्रचण्डले नेपाल पक्षको आरोप अनुसारको काम गर्न ओलीलाई दिएका छैनन । ‘प्रचण्ड पार्टीभित्र सवैलाई समेटनै खोजिरहनु भएको छ,’– प्रचण्ड निकट एक स्थायी समिति सदस्यले सफल खवरसँग भने, – ‘अहिले पार्टीको तल्लो तहको एकतामा पनि नेपाल र ओली पक्षलाई मिलाउने र छिटो एकता टुग्याउनेमा उहाको जोड देखिन्छ । ’

प्रतिक्रिया दिनुहोस