थपलियाको संसदीय सुनुवाई आज हुँदै

सफल खबर संवाददाता

बुधबार, ०४ बैशाख २०७६, ०६ : ३८
थपलियाको संसदीय सुनुवाई आज हुँदै

काठमाडौं । सम्वैधानिक परिषद्ले निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेका दिनेशकुमार थपलियाको संसदीय सुनुवाई आज हुने भएको छ । संसदीय विशेष सुनुवाई समितिले थपलियाको सुनुवाई आज गर्ने निर्णय हिजोको वैठकले गरेको थियो ।

संसदीय सुनवाई समितिमा प्रमुख निर्वाचन आयुक्त देखि सर्वाेच्च अदालतका ५ न्यायधिससम्मको सुनुवाईको काम गर्नुपर्ने दायित्व अहिले छ । थपलियाको सुनुवाई आज र न्यायधिसमा सिफारिस भएकाहरुको सुनवाई भोलि विहिवार गर्ने गरी संसदीय सुनवाई समितिले कार्यतालिका वनाएको छ ।

यस अघि प्रमुख आयुक्तमा सिफारिस थपलिया र न्यायधिसमा सिफारिस कुमार रेग्मी, हरि फूयाँल, मनोजराज शर्मा, प्रकाश ढुंगाना र सुष्मलता माथेमाका विषयमा उजुरी आह्रवान गरेको थियो ।प्रमुखआयुक्तमा सिफारिस थपलिया विरुद्ध निर्वाचित प्रदेश सांसदले नै समेत उजुरी दर्ता गराएका छन् । काठमाडौं क्षेत्र नम्वर ४ को (क) वाट निर्वाचित काग्रेस सांसद नरोत्तम वैद्य देखि उपसचिव इश्वरप्रसाद पोखरेल, नासु सूर्यप्रसाद ओझालगायतले थपलियाविरुद्ध लिखित रुपमा नै उजुरी दर्ता गराएका छन् ।

वाहालवाला सचिव निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिस भएको इतिहास नभएको भन्दै थपलियाको नियुक्तिले कर्मचारी प्रसाशनमा गलत नजिर वस्ने भएकोले अश्वीकृत गर्न सांसद नरोत्तम वैद्यले उजुरी लिखति रुपमा नै सुनुवाई समितिमा दर्ता गराएका छन् ।

गत चैत ११ मा सम्वैधानिक परिषदले वहुमतका आधारमा थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । प्रमुख प्रतिपक्षी दलका नेता परिषद्को पदेन सदस्य रहने ब्यवस्था संविधानमा भएपनि काग्रेस सभापति शेरवहादुर देउवा वैठकमा अनुपस्थित रहेका वेला थपलियालाई निर्वाचन आयोगको प्रमुख आयुक्त वनाउने सिफारिस सम्वैधानिक परिषदले गरेको थियो ।

भोलि विहीवार भने सर्वाेच्चको न्यायधिस सिफारिस कुमार रेग्मी, हरि फूयाँल, मनोजराज शर्मा, प्रकाश ढुंगाना र सुष्मलता माथेमाको सुनवाई हुने पनि संसदीय सुनवाई समितिका सदस्य तथा सांसद योगेश भटटराईले जानकारी दिए । उनीहरुलाई न्याय परिषदले चैत १९ मा सर्वाेच्चको न्यायधिसमा सिफारिस गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस