पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट

सफल खबर संवाददाता

मंगलबार, ०३ बैशाख २०७६, १९ : २०
पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट

कामठाडौं । अनलाइन गेम पब्जीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

मंगलबार अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल र कानूनका विद्यार्थी विनय रिमालले पब्जीमाथि प्रतिबन्धको निर्णय बदर गर्न माग गर्दै सार्वजनिक सरोकारको रिट दायर गरेका हुन् ।

उनीहरुले इन्टरनेट लगायतका माध्यममा अभिव्यक्ति र विचारको स्वतन्त्रतालाई कानूनविना स्वेच्छाचारी ढंगले बन्देज नलगाउन परमादेशको आदेश जारी गर्न पनि माग गरेका छन् ।


 

प्रतिक्रिया दिनुहोस