विश्व विख्यात डीजे निकी रोमेरो कन्सर्टका लागि काठमाडौंमा

सफल खबर संवाददाता

मंगलबार, ०३ बैशाख २०७६, १३ : ३६
विश्व विख्यात डीजे निकी रोमेरो कन्सर्टका लागि काठमाडौंमा

काठमाडौं । विश्व विख्यात डीजे तथा संगीतकर्मी निकी रोमेरो कन्सर्टका लागि नेपाल आएका छन् । आउँदो बुधबार काठमाडौँमा हुने कन्सर्टकमा लागि विश्वका शीर्ष १०० डीजेको सूचिमा ४३ औँ स्थानमा रहेका रोमेरो आफ्नो टिमसहित नेपाल आइपुगेका हुन् ।

विश्व विख्यात डीजे तथा संगीतकर्मीहरु अविची, हार्डवेल, टिएस्तो, फेड्डी ले ग्र्याण्ड, सान्डर भान डूर्न, डेविड गुएट्टा, केल्भिनि हेरिससहितसँग काम गरेका रोमेरो कन्सर्ट हुनु भन्दा दुई दिनअघि नै काठमाडौँ आइपुगेका हुन् ।

प्रिभे नेपालको आयोजनामा कन्सर्ट हुन लागेको हो । यसअघि नेपालमा विश्वविख्यात डीजे तथा सलमान खान आउने भनिएका कार्यक्रम अन्तिम समयमा आएर हुन सकेका थिएनन् ।

डच डीजे तथा संगीतकर्मीको लाइभ कन्सर्ट भने हुने पक्का भएको छ । उनीसहितको टोली सोमबार नै नेपाल आएको हो । रोमेरोका आई कुड बी द वन, अप्स एण्ड डाउन्स, लाइट हाउससहितका गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस