नेकपा पार्टी एकता

नेकपा पार्टी एकता: शीर्ष छलफलमा प्रवक्ता ‘आउट’

सफल खबर संवाददाता

मंगलबार, ०३ बैशाख २०७६, ०६ : ४९
नेकपा पार्टी एकता: शीर्ष छलफलमा  प्रवक्ता ‘आउट’

काठमाडौं  । सरकारको नेतृत्व गरिरहेको दल नेकपाले तल्लो तहसम्मको पार्टी एकता टुग्याउन अन्तिम कसरथ गरिरहेको छ । अध्यक्षद्दय प्रधानमन्त्री केपी ओली र प्रचण्ड केही दिनयता दिनहँ छलफलमा जुटिरह्नु भएको छ । पार्टी सचिवालयका नेताहरुसँग ओली र प्रचण्डले छुटाटुटटै समेत छलफल गरिरहुन भएको छ । 
सोमबार मात्र वरिष्ठ नेता माधव नेपालसँग अध्यक्षद्दयले विहान र साझ गरी दुईपटक छलफल गर्नुभयो । तत्कालिन एमालेभित्रका ओली र नेपाल पक्षको जिल्ला नेतृत्वको लागि चलेको आन्तरिक किचलोका कारण एकता प्रक्रियाले गति लिन नसकिरहेका वेला अध्यक्षद्दयले समस्या सुल्झाउन नेताहरुसँग छुटाटुटटै छलफल गरेका हुन् । 

तर यसरी हुन थालेको शीर्ष छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) भने आउट भएका छन् । पार्टी एकतामा विलम्व भएको, राजनीतिक प्रतिवेदन समेत प्रकाशन हुन नसकेको र सरकारको काम प्रभावकारी वन्न नसकेको भन्दै प्रवक्ता श्रेष्ठ असन्तुष्ट वन्दै आईरहनु भएको थियो । 

वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य बामदेव गौतमसँग मिलेर प्रवक्ता श्रेष्ठले दुई अध्यक्ष मध्येपनि प्रधानमन्त्री समेत रहेका ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए । आफै व्रम्ह्रज्ञानी जस्तो सवै विषयमा प्रधानमन्त्री ओलीले एकलौटी निर्णय गर्न खोजेको र पार्टीमा सामुहिकता नदेखाएको सार्वजनिक समारोहमै श्रेष्ठले टिप्पणी गदै आईरहनु भएको थियो । 

श्रेष्ठको तिखो आलोचना गर्ने वानी नेकपाका अध्यक्ष ओलीलाई मन परिरहेको थिएन । पार्टी वैठक वोलाउन २९ फागुनमा अध्यक्ष प्रचण्डलाई अनुरोध गर्न पुगेका वरिष्ठ नेता नेपाल सहितका ४ नेतालाई प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरि पहल गर्ने वताउनुभएको थियो । 

त्यसको भोलिपल्टै अर्थात ३० फागुनवाटै सचिवालयमा रहेका नेताहरुसँग अध्यक्षद्दय ओली र प्रचण्डले छलफल त शुरु गर्नुभएको छ । तर ति छलफलमा अहिलेसम्म प्रवक्ता श्रेष्ठ समेटिनु भएको छैन । 
श्रेष्ठ निकट स्रोतले भन्यो, –‘अन्य सचिवालयका नेताहरुसँग अध्यक्षद्दयले वोलाएरै पार्टी एकता केन्द्रीत छलफल गर्नुभएको छ, तर प्रवक्तालाई अहिलेसम्म वोलाउनु भएको छैन ।’

श्रेष्ठ एकताका सन्र्दभमा पार्टी शीर्ष तहमा भएको छलफलमा अध्यक्ष प्रचण्डवाट मात्र अपडेट भइृरहनु भएको छ । 

नेकपाको सचिवालयमा ९ नेताहरु छन् । दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक महासचिव, एक प्रवक्ता र ३ जना सचिवालय सदस्य । ३० फागुनमा वरियताक्रमका आधारमा ५ औं नम्वर सम्म रहेका नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारमा छलफल भएको थियो । त्यो छलफलमा वरियताक्रम अनुसार, क्रमशः ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहभागी थिए । 
त्यसपछि पनि अध्यक्षद्दयले वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्यहरु बामदेव गौतम, इश्वर पोखरेलसँग एक्लाएक्लै एक घण्टा भन्दा लामो समयसम्म छलफल गर्नुभएको छ । पार्टी महासचिव विष्णु पौडेल र गृहमन्त्री समेत रहेका रामवहादुर थापासँग गत विहिवार चन्द्रागिरि हिल्समा आवसिय वैठक नै समेत गर्नुभएको थियो । सोमबार वरिष्ठ नेता नेपालसँग छलफल गनुभयो । तर अहिलेसम्म प्रवक्ता श्रेष्ठ साग भने नेताद्दयले सामुहिक रुपमा छलफल गर्नुभएको छैन । 

‘अध्यक्ष ओलीले नै प्रवक्ता श्रेष्ठसँग समस्या समाधान केन्द्रीत छलफल आवश्यक नठान्नुभएको हो,’ प्रधानमन्त्री निकट स्रोतले सफलखबरसँग भन्यो, – ‘तत्कालिन माओवादीमा एकताका सन्र्दभमा खास समस्या देखिएन, समस्या तत्कालिन एमालेभित्रै देखिएकोले पूर्व एमाले नेताहरुसँग मात्र छलफल भईरहेको हो । ’ 

वैशाख ९ को पार्टी स्थापना दिवस अगाडी नै सम्पूर्ण तहको एकताको तयारीका लागि नेकपा शीर्ष नेताहरुले छलफललाई तिव्रता दिने क्रममा श्रेष्ठ छलफलवाट आउट वनेका हुन् । 

 

प्रतिक्रिया दिनुहोस