-अदुवामा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदिजस्ता खनिज पदार्थ पाइन्छ । त्यसैले, अदुवा चिया धेरैको रोजाइमा पर्ने गर्छ ।
-अदुवा चिया पिउनु स्वास्थ्यका लागि लाभदायक हुन्छ । यसले पेट दुख्न कम गर्नुका साथै तनाव पनि घटाउँछ ।
-यात्रामा जानुभन्दा अघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।
-शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।
-क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
-रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।
-रक्तसञ्चारमा सहयोग पु-याउनका साथै पाचन प्रक्रियामा सुधार ल्याउँछ ।
-शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।
-महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।
-अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।
-हड्डी र बाथरोगका बिरामीका लागिसमेत अदुवा चिया फाइदाजनक छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस