विप्लवका गाउँपालिकाका इञ्चार्जद्वारा आत्मसमर्पण

सफल खबर संवाददाता

बुधबार, २० चैत्र २०७५, १७ : ३८
विप्लवका गाउँपालिकाका इञ्चार्जद्वारा आत्मसमर्पण

रामेछाप । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सुनापति गाउँपालिकाका इञ्चार्ज लोकबहादुर रानामगरले जिल्ला प्रशासन कार्यालयमा रामेछापमा आएर आत्मसमर्पण गरेका छन् । रापेछापको खाँडादेवी गाउँपालिका निवासी उनले आज प्रशासन कार्यालयमा आत्मसमर्पण गरेका हुन् ।

पछिल्लो समयमा विप्लव समूहले राज्यविरुद्ध चालेको कदम र त्यस पार्टीले गरेका विभिन्न गतिविधिहरु आफूलाई सन्तोषजनक नलागेकाले आजैदेखि लागू हुने गरी पार्टी छोडेर आफू स्वतन्त्र बस्न चाहेको उनले बताए । जिल्ला प्रशासन कार्यालय रामेछापमा आएर मगरले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।

विप्लव समूहमा लागेका अन्य व्यक्ति पनि आत्मसमर्पण गरेर सहज रुपमा जीवनयापन गर्न चाहनेहरुलाई कार्यालयमा आएर आत्मसमर्पण गर्न प्रजिअ शर्माले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस