राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता, मुलुकको पहिलो शक्ति बन्ने योजना

मंगलबार, १९ चैत्र २०७५, १९ : २७
राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता, मुलुकको पहिलो शक्ति बन्ने योजना

काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टी र लोक जनशक्ति पार्टीबीच एकता भएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुवै पार्टीबीच एकता भएको घोषणा गरिएको हो । 

एकतासँगै पार्टीको नाम राष्ट्रिय जनमुक्ति पार्टी नै रहनेछ । पार्टीको अध्यक्ष केपी पालुङवा रहनेछन् । अध्यक्ष पालुङवाले आफूहरु मुलुकको तेस्रो धार भएको भन्दै आगामी दिनमा विचार मिल्ने दलहरुसँग एकता गर्ने जनाए । उनले भने, ‘विचार मिल्नेहरुसँग एकता गर्दै मुलुकको पहिलो शक्ति बन्ने हाम्रो योजना छ ।’
मुलुकमा व्यवस्था परिवर्तन भएपनि अवस्था उस्तै रहेको र अहिलेपनि विभेद र असमानता व्याप्त रहेकोले जनताका गुनासाहरुलाई लोकतान्त्रिक विधिबाट हल गर्ने राजनीतिक शक्ति र नेतृत्वको आवश्यकत्ता खट्किएकोले दुई पार्टीबीच एकता भएको अध्यक्ष पालुङवाले स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस