औद्योगिक विकासका लागि सुधारोन्मुख नीति आवश्यक : उपाध्यक्ष अधिकारी

सफल खबर संवाददाता

सोमबार, १८ चैत्र २०७५, १८ : ३५
औद्योगिक विकासका लागि सुधारोन्मुख नीति आवश्यक : उपाध्यक्ष  अधिकारी

चितवन । नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले आगामि बजेटमा औद्योगिक क्षेत्रको विकासका लागि सुधारोन्मुख नीति आवश्यक रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अधिकारीले चितवन उद्योग संघले आयोजना गरेको आगामि बजेट एवं भन्सारसँग सम्बन्धित नीतिगत सुधारका विषयमा उद्योगी व्यवसायीहरुबीच भएको अन्तरक्र्रियामा बजेटमा औद्योगिक नीतिलाई उच्च प्राथमिकताका साथ हेरिनुपर्ने समेत उहाँको भनाइ थियो ।  

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन उद्योग संघ गभर्निङ काउन्सिलका सह–संयोजक हरिप्रसाद सुवेदी, नवलपुर उद्योग संघका अध्यक्ष कृष्णप्रसाद गौतम, नीजि अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कुँवर, चितवन होटल व्यवसायी संघका अध्यक्ष शर्मिला न्यौपाने, चितवन उद्योग संघका कार्यसमिति सदस्यहरु, विभिन्न वस्तुगत समितिका पदाधिकारीहरु, इकाई समितिका पदाधिकारीहरु, एशोसिएट सदस्यहरु लगायतले बजेटले उद्योग व्यवसायीमा पार्ने समस्या र यसका समाधानका विषयमा आफ्नो धारणा राख्नुभएको थियो । 

चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले स्वागत मन्तव्यसँगै बजेटले उद्योगी व्यवसायमा पार्ने समस्या, यसको समाधान र न्यूनिकरणका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रमलाई चितवन उद्योग संघका कार्यकारी निर्देशक हरिहर भट्टराईले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस