विप्लव समूहको समाचार सङ्कलन गर्न खोज्ने पत्रकार अधिकारी पक्राउ परेको चार घण्टापछि रिहा

सोमबार, १८ चैत्र २०७५, १६ : ४७
विप्लव समूहको समाचार सङ्कलन गर्न खोज्ने पत्रकार अधिकारी पक्राउ परेको चार घण्टापछि रिहा

कास्की । समाचार सङ्कलनका क्रममा आज बिहान प्रहरीले नियन्त्रणमा लिएका पत्रकार राजेन्द्र अधिकारी चार घण्टापछि रिहा हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् अधिकारीलाई आज बिहान ६ः३० बजे प्रहरीले पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस ढोकाबाट पक्राउ गरेको थियो । 

अधिकारीलाई महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठलगायत सञ्चारकर्मीको रोहवरमा बिहान १०ः३० बजे प्रहरीले रिहा गरेको हो । नेत्रविक्रम चन्द समूहले आफ्ना नेतालाई सरकारले पक्राउ गरेको विरोधमा गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुग्नुभएका अधिकारीलाई प्रदर्शनस्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयले अधिकारीसँग केही कुरा बुझ्नु परेकाले कार्यालयमा ल्याइएको र आवश्यक सोधपुछपछि महासङ्घका अध्यक्ष श्रेष्ठको जिम्मामा छाडिएको जनाएको छ । (रासस) 

प्रतिक्रिया दिनुहोस