मृतक परिवारलाई १० लाख दिन नेकपा प्रदेश २ कमिटीको माग

सोमबार, १८ चैत्र २०७५, १६ : ३५
मृतक परिवारलाई १० लाख दिन नेकपा प्रदेश २ कमिटीको माग

काठमाडौँ । बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएकाहरुको परिवारजनलाई १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउन नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ कमिटीले सरकारसँग माग गरेको छ ।

नेकपा प्रदेश २ का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले सोमबार एक विज्ञप्ति जारी गरी मृतक परिवारलाई राहत स्वरुप १० लाख क्षतिपूर्ति, घाइतेहरुको निःशुल्क उपचार, घरवारविहीनलाई घर निर्माण र क्षतिअनुसार किसानलाई तुरुन्त राहत उपलब्ध गराउन माग गरेका छन् ।

अध्यक्ष साहले जारी गरेको व्यक्तमा मृतकहरुप्रति श्रद्धाञ्जली, मृतक परिवारजनमा सम्वेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको काम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस