जनार्दन पछि निशानामा वर्षमान, गाडीमा माइन विस्फोट

शनिबार, २५ कार्तिक २०७४, १३ : ०६
जनार्दन पछि निशानामा वर्षमान, गाडीमा माइन विस्फोट


काठमाडौं । पश्चिम रुकुममा  माओवादी केन्द्रका प्रभावशाली नेता  जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको २४ घण्टा हुन नपाउँदै रोल्पामा अर्का उम्मेदवारमाथि  आक्रमणको प्रयास भएको छ ।

रोल्पाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङमा माओवादी नेता वर्षमान पुन अनन्त चढेको गाडीमा माइन बिस्फोट भएको छ । विप्लवमा कार्यकर्ताले बाटोमा ओछ्याएको माइन विस्फोट भएको हो ।

विस्फोट भएपनि पुनलगायतका कार्यकर्ता सबै सुरक्षित रहेका छन् ।  गाडीमा भने सामान्य क्षति पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस