–सन् १९९९ मा अस्ट्रेलियाका नागरिक ३७ वर्षीय बिल मोर्गन भयानक सडक दुर्घटनामा परे। पेशाले ट्रक चालक उनी १२ दिन कोमामा गए। त्यसपछि उनी होशमा आए। भयानक दुर्घटनाबाट बचेर नवजीवन पाएका उनले स्क्र्याच कार्ड चिट्ठा किनेर प्रेमिकासँग खुशी मनाउन चाहे र किने।
उनलाई चिट्ठामा २४ हजार डलर मूल्यको कार प¥यो। अस्ट्रेलियाका सञ्चारमाध्यमका लागि यो एउटा ठूलो खबर थियो। मृत्युको मुखबाट उम्केको मान्छेलाई चिट्ठा परेको थियो। त्यसपछि मेलबर्न न्युज स्टेसनले उनीबारे एउटा कार्यक्रम बनायो।
चिट्ठा पर्दा मोर्गनको कस्तो प्रतिक्रिया थियो, त्यसको नाट्य रूपान्तरण गर्ने मनसायले उनलाई चिट्ठाको स्क्र्याच कार्ड कोट्याउन दिइयो। जब उनले कोट्याए, अचम्म भयो। उनलाई २ लाख ५० हजार अमेरिकी डलरको चिट्ठा प¥यो। उनले प्रत्यक्ष प्रसारणमा आफूलाई ठूलो राशिको पुरस्कार परेको बताउँदा स्टुडियोका केही कर्मचारीले ठट्टा गरेको ठाने। तर, चिट्ठा परेको सत्य थियो।
–संसारभरि नै टाउको हल्लाएर ‘हो’ र ‘होइन’ भन्ने संकेत गर्ने चलन छ। प्रायः देशमा टाउको तल–माथि गरेर ‘हो’ भन्ने संकेत गरिन्छ भने दायाँ–बायाँ हल्लाएर ‘होइन’ भन्ने जनाउ दिइन्छ। तर, बुल्गेरियामा ठीक उल्टो हुन्छ। यहाँ ‘हो’ भन्ने जनाउन टाउको दायाँ–बायाँ हल्लाइन्छ भने ‘होइन’ भन्ने संकेत गर्न टाउको तल–माथि गरिन्छ। त्यहाँ ‘हो’ लाई ‘डा’ र ‘होइन’लाई ‘ने’ भनिन्छ।
–जहाँसुकै टम्म मिलेका दाँतलाई सुन्दरताको मानक मानिन्छ। तर, जापानमा चाहिँ बांगोटिंगो दाँत भएका युवतीलाई सुन्दर ठानिन्छ। दाँतलाई बांगोटिंगो बनाउन, दाह्रा निकाल्न त्यहाँका युवती डेन्टल अपरेसनसमेत गराउँछन्। एउटा दाँतलाई बांगो बनाउन पाँच सय डलरसम्म खर्च गर्न तयार हुने जापानी महिला थुप्रै छन्। सम्पूर्णबाट
प्रतिक्रिया दिनुहोस