वैदेशिक रोजगार व्यवसायी रोहण गुरुङको घरमा बम विस्फोट, एक घाइते

सफल खबर संवाददाता

शुक्रबार, २४ फागुन २०७५, २१ : ०२
वैदेशिक रोजगार व्यवसायी रोहण गुरुङको घरमा बम विस्फोट, एक घाइते

काठमाडौं  । देशिक रोजगार व्यवसायी रोहन गुरुङको घरमा विष्फोट भएको छ । विष्फोटका कारण एक जना घाइते भएको प्रहरीले जनाएको छ । 
अज्ञात समूहले शुक्रबार साँझ उनको घरभित्र पार्किङ गरेर राखिएको कारमा बम विस्फोट गराएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिए ।  उनका अनुसार बम विस्फोटबाट कार पूर्णरुपमा ध्वस्त भएको छ ।  गुरुङ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष समेत हुन् । 
विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस