चितवन । १०९ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘हेल्प फर हेप्पिनेस’ नामक संस्थाले भरतपुर सरकारी अस्पतालमा रहेका ५४ जना सुत्केरी महिलाहरुलाई प्याड र जुस वितरण गरेको छ । सुत्केरी भएको समयमा महिलाहरुमा बढी रगत बग्ने भएकोले प्याड वितरण गरेको ‘हेल्प फर हेप्पिनेस’ का सदस्य यमुना थापाले बताउनुभयो । सुत्केरी भएको अवस्थामा महिलाहरुमा अत्याधिक मात्रामा रगत देखा पर्ने गर्दछ ।
नेपाल सरकाले कण्डमलाई नि:शुल्क उपलब्ध गराएको भए पनि महिनावारी भएको बेला आवश्यक पर्ने प्याडलाई सरकारले नि :शुल्क गरनउनु पर्नेमा समेत संस्थाले आवाज उठाएको छ । सामाजिक सञ्जालमार्फत गठन भएको संस्थाले विगत लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ । यस संस्थाले सरसफाई क्षेत्रदेखि जीवन मरणको दोसातमा रहेकालाई ज्यान बचाँउने काम गर्दै आएको छ । नविन तिवारी अध्यक्ष रहेको ‘हेल्प फर हेप्पिनेस’ ले शुक्रबार भरतपुर अस्पतालमा गरेको कार्यक्रममा ‘वे ग्रुप’ र सहयोगी नेपाल समाजको उपस्थित रहेको थियो ।
प्रतिक्रिया दिनुहोस