विप्लव समूहको अपहरणमा परेको भनिएकी सांसद मल्ल प्रहरी सम्पर्कमा

सफल खबर संवाददाता

शुक्रबार, २४ फागुन २०७५, १७ : ३७
विप्लव समूहको अपहरणमा परेको भनिएकी सांसद मल्ल प्रहरी सम्पर्कमा

काठमाडौं । बझाङकी प्रदेश सांसद देवकी मल्ल प्रहरी सम्पर्कमा आएकी छन् । शुक्रबार विप्लव समूहको अपहरणमा परेको भनिएकी सांसद मल्ल प्रहरी सम्पर्कमा आएको बझाङका डिएसपी प्रविण धितालले जानकारी दिएका छन् ।
स्थानीयबासीले सांसद मल्ललाई नेत्रविक्रम चन्द ‘विप्लव’को पार्टी नेकपाले अपहरण गरेको भन्दै प्रहरीलाई सुचना दिएका थिए । त्यसलगत्तै उनको खोजीमा हिँडेको प्रहरी टालीले उनलाई भेटाएको हो ।
डिएसपी धितालका अनुसार फोन नलाग्ने भएकाले विस्तृत जानकारी प्राप्त गर्न सकिएको छैन । त्यस्तै अपहरण परेको हो वा होइन भन्ने कुरा अहिलेनै यकिन गर्न नसकिने उनले बताए ।
 

प्रतिक्रिया दिनुहोस