महिला दिवसको अवसरमा प्रचण्डको शुभकामना

सफल खबर संवाददाता

शुक्रबार, २४ फागुन २०७५, १० : २०
महिला दिवसको अवसरमा प्रचण्डको शुभकामना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहालल ुप्रचण्डुले १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली श्रमजीवि दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।

नेपालको राजनैतिक परिवर्तनमा नेपाली महिलाहरुले देखाएको संघर्षको कीर्तिमान नेपालको इतिहासमा मात्र होइन विश्व इतिहासमा स्वर्ण अक्षरले लेखिएको उहाँले  एक विज्ञप्तिमार्फत बताउनु भएको छ । महान् जनयुद्ध र विभिन्न प्रकारका संघर्षहरुमा नेपाली महिलाहरुको नेतृत्व र सहभागिताले नै नेपाल सामन्तवादबाट मुक्त हुन सकेको उहाँको भनाइ छ । 

नेपाली महिलाहरुको आफ्नै त्याग, तपस्या र बलिदानबाट नै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आउन सफल भएको भयो । वर्तमान संविधानमा महिलाहरुको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलूकमा हाम्रो देश पर्न सफल भएको उहाँको भनाइ छ ।

देशमा राजनीतिक स्थायित्व पश्चात मूलुकको आर्थिक समृद्धिमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनु भयो । महिला माथि हुने सबै प्रकारका हिंसाहरुको कारणहरु मध्ये आर्थिक मुख्य  हो । आर्थिक रुपमा महिला सबल नभई देश समृद्ध बन्दैन । महिलाहरुलाई शिक्षा र रोजगारमा समावेशी र समानुपातिक प्रणालीका अतिरिक्त विशेषाधिकारको व्यवस्था हुनु उत्तिकै जरुरी रहेको उहाँले बताउनु भयो ।

अध्यक्षद्वारा जरी विज्ञप्तिमा भनिएको छ, ‘श्रमिक महिला दिवसको अवसरमा समस्त नेपाली महिला दिदीबहिनीहरुको लैंगिक समानता, महिला सशक्तिकरण र महिलाहरुको हक अधिकार प्राप्तिको अभियानमा एकढिक्का भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस