शरीरमा आगो लगाएर ‘र्‍याम्प वाक’मा अक्षय कुमार

एजेन्सी

बुधबार, २२ फागुन २०७५, १५ : ३२
शरीरमा आगो लगाएर ‘र्‍याम्प वाक’मा अक्षय कुमार

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले शरीरमा पूरै आगो लगाएर र्‍याम्प वाक गरेका छन् । उनले अमेजोन प्राइम भिडियोको एक कार्यक्रममा शरीरमा पूरै आगो बालेर लगाएका हुन् । 

बलिउडका खेलाडी मानिएका अक्षय रातो कार्पेटमा हिनिरहँदा उनको शरीरभरि आगो बलिरहेको थियो । उनी शरीरमा बलिरहेको आगोको बेवास्ता गर्दै निर्धक्क आफ्नो प्रस्तुति दिइरहेको भारतीय सञ्चारमाध्यमा उल्लेख गरिएको छ । 

उनको शरीरमा आगो बलिरहेको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 
छिट्टै रियालिटि शो ‘खतरो कि खिलाडी’मा प्रमुख अतिथि बनेर उपस्थिति जनाउन लागेको अक्षयले प्रतिस्पर्धीहरुलाई कस्तो चुनौती देलान् ? यो सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस