चितवन । पछिल्लो समय ‘रियालिटी शो’हरुलाई नेपालका टेलिभिजनहरुले आयोजना गर्न थालेका छन् । रियालिटी शोका कार्यक्रमहरु युवायुवतीका लागि केन्द्रीत छन् ।
तर बालबालिकाको लागि भने छुट्टै शोहरु आउन सकेका छैनन् । यही बीचमा नेपालका सामाजिक सञ्चालहरुबाट प्रतिभा भएका बालबालिकाको प्रतिभाहरुलाई दर्शक तथा स्रोतासम्म पु¥याउने काम हुने गरेका छन् ।
यस्तै युटुबबाट दर्शकहरुले अत्याधिक रुचाईएपछि केही बालबालिकाहरुले गीत गाउने अवसर समेत पाएका छन् ।
युटुबमा गायनकला मार्फत अशोक दर्जी, समिक्षा अधिकारीले लामो समयसम्म चर्चा बटुल्न सफल भए । अशोकले दर्जी ‘मन बिनाको धन ठूलो की धन बिनाको मन’ बोलको गीत मार्फत लोकप्रियता कमाएका हुन् भने समिक्षा अधिकारी ‘बालापनको उमेर’ भन्ने गीत मार्फत चर्चामा रहिन् ।
यही कारणले अहिले गायनमा रुची राख्ने बालबालिकालाई अशोक दर्जी र समिक्षा अधिकारीसँग तुलना गर्ने गरिएको छ ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६, कमलचोक निवासी रोशनी लामालाई समिक्षासँग जोड्ने गरिएको छ । लामाको आवजलाई स्थानीयले निकै रुचाएका छन् । अहिले उनी अर्बिट बोर्डिङ स्कुल रत्ननगरमा कक्षा ८ मा अध्ययनरत छिन् ।
उनलाई गायन क्षेत्रमा अघि बढ्न परिवार, विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले हौसला दिईरहेका छन् ।
विद्यालयका प्रधानध्यापक भीमराज कँडेलका अनुसार रोशनी गायन सँगसँगै पठनपाठन, अतिरिक्त क्रियाकलापमा पनि अगाडि छिन् । अहिलेसम्म कुनै पनि संगितको कक्षा नलिएकी उनले विद्यालय लगायत स्थानीय साँस्कृतिक कार्यक्रममा गित गाउन थालेकी विद्यालयका प्रअ कँडेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस