एन हाथवे गायिका होइनन्, नायिका हुन्। तर, यदाकदा गाउने पनि गर्छिन्। उनको गायनकला अरूलाई ठीकै लागे पनि छोरालाई भने फिटिक्कै मन पर्दैन। एनले ‘लेस मिजरेबल’मा गायिकाको भूमिका निर्वाह गरेर नै अस्कर जितेकी थिइन्।
तर, आजभोलि भने उनलाई दुई वर्षका छोरा जोनाथनले गाउनबाट रोक्ने गरेको अभिनेत्रीले खुलासा गरेकी छिन्। ‘उसलाई संगीतमा खूब चाख छ,’ जिम्मी किमेलको सोमा एनले खुलासा गरिन्, ‘लाइन किङ उसको प्रिय गीत हो। तर, मैले गाउन थाल्यो कि रोक्छ, नगाउ भन्छ। घरमा मलाई गाउनै दिन्न।’ एनले आफूलाई आमाले यसरी नै गाउँदै हुर्काएको बताएकी छिन्।
‘मैले पनि त्यसै गर्न खोजेकी हुँ’ उनले भनिन्, ‘तर, छोरालाई चित्त बुझाउन सकेकी छैन।’ सोमा एनले छोराले हजुरआमाको आवाज भने मन पराउने गरेको बताएकी छिन्। सम्पूर्णबाट
प्रतिक्रिया दिनुहोस