- दैनिक कम्तीमा पनि डेढ लिटरदेखि साढे/दुई लिटरसम्म पानी पिउनुपर्छ । बिहान खाली पेटमा मनतातो पानी पिउनुपर्छ । जो हाम्रो शरीरका लागि आवश्यक पनि छ ।
- एकैपटक बढी पानी पिउने बानी गर्नुहुँदैन । यस्तो गर्दा किड्नीमा असर पर्न सक्छ । तर, केही समयको अन्तरालमा पानी पिउन सकिन्छ ।
- पानी हाम्रो शरीरको अत्यावश्यक पदार्थ हो । पानीको कमीले बेहोस हुने सम्भावना समेत हुन्छ । त्यस्तो अवस्थामा लामो समय रहेमा मानिसको मृत्यु नै हुन सक्छ ।
- शरीरमा पानीको कमी हुँदा छाला सुक्खा हुने समस्या हुन्छ । पानीको कमीले छालासम्बन्धी अन्य रोग पनि देखा पर्छन् ।
- पानीको कमीले स्किन एलर्जी, छाला रातो हुनेजस्ता समस्या पनि देखापर्न सक्छन् । साथै, अनुहारमा दाग आउने समस्या पनि हुन्छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस