काठमाडौं । कामकाजी मानिसले अफिसमा गर्ने केही क्रियाकलाप ‘अस्वस्थ बानी’ भित्र पर्छन्। जसले स्वास्थ्यमा नकारात्मक असर पारिरहेका हुन्छन्।
१ अफिस जाने हतारले कोही–कोही मानिस ‘अफिसमै खान्छु’ भनेर बिहान केही नखाई घरबाट निस्कन्छन्। पछि अफिसमा पुगेर काम गर्दागर्दै खाना खान बिर्सन्छन्। यसरी दिनहुँ बिहानको खाना खाइएन भने यसले स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ।
२ कतिपयले एकचोटिमा धेरै काम गरिरहेका हुन्छ। ‘मल्टिटास्किङ’ राम्रो हो तर त्यसको सीधा असर कामको उत्पादन क्षमतामा परिरहेको हुन्छ। धेरै काम एकै पटक गर्दा चाँडै थाकिइन्छ। एक पटकमा एक काम गर्दा नै राम्रो र छिटो हुन्छ।
३ अफिसमा काम गरिरहँदा कसै–कसैको पटक–पटक अनुहार छोइरहने बानी हुन्छ। यसो गर्दा अनुहारको छालामा संक्रमण हुने डर रहन्छ।
४ कोही–कोही घरको स्वस्थ खाना खानुको साटो बाहिरको जंक फुड, फास्ट फुडलगायत अस्वस्थ खाना खाइरहेका हुन्छन््। यस्ता खानामा शरीरलाई आवश्यक पोषक तत्त्व पाइँदैन। जसले स्वास्थ्यमा असर पार्छ।
५ टेबल वर्क गर्नेहरूलाई ८–१० घण्टासम्म लगातार कम्प्युटरअगाडि बस्नुपर्छ। सही तरिकाले बसिएन भने कमर दुख्ने, घाँटी दुख्ने समस्या देखिन थाल्छ। कुर्सीमा साही पोजिसनमा बस्नु राम्रो हुन्छ।
६ लामो समयसम्म एउटै ठाउँ र एउटै पोजिसनमा बसिरहनु हुँदैन। बीच–बीचमा उठेर अलि–अलि हिँड्नुपर्छ।
७ कोही–कोहीको मोबाइल बाथरुममा लैजाने बानी हुन्छ। यसो गर्दा ट्वाइलेट÷बाथरुममा भएका कीटाणु मोबाइल फोनमा टाँसिन्छन्। फोनसँगै काम गर्ने डेस्कमा पुग्छन्।
८ कामको चापले तनाव हुँदा कोही–कोही बढी मात्रामा चिया–कफी खान्छन्। बढी चिय–कफी खाँदा स्वास्थ्यमा असर पुग्छ।
९ अफिसमा काम गर्दा कतिपय मानिस पानी खानै बिर्सिन्छन्। यस्तो गल्ती गर्नु हुँदैन। पानी कम खाँदा डिहाइड्रेसनको समस्या हुन सक्छ।
१० कार्यालयमा बस्दा धेरैले खुट्टा ‘क्रस’ गरेर बस्ने गरेका छन्। तर, लामो समय त्यसरी बस्नु हुँदैन। यसरी बस्दा घाँटी, कम्मर दुख्ने समस्या हुन सक्छ। – सम्पूर्ण साप्ताहिबाट
प्रतिक्रिया दिनुहोस