काठमाडौंं ।
- घिउले छाला स्वस्थ राख्नुको साथै स्मरणशक्ति बढाउनसमेत सकारात्मक भूमिका खेल्छ ।
- कब्जियतका बिरामीलाई घिउ सेवन निकै फइदाजनक हुन्छ ।
- यसले स्किनमा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गर्छ । जसले गर्दा, हिँडडुल गर्न सहजता मिल्छ ।
- घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
- यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउने कामसमेत गर्छ ।
- यसले शरीरमा भिटामिन डी एब्जर्ब गर्ने वातावरण सिर्जना गर्छ । जसकारण पनि घिउ महत्वपूर्ण छ ।
- घिउ सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि सहयोग पुग्छ ।
- घिउले शरीरलाई चंगा बनाउन मद्दत गर्नुका साथै आरामदायी निद्रामा सहयोग पु-याउँछ ।
- घिउलाई जुनसुकै तरिकाले खान सकिन्छ । डिप फ्राई, तरकारी, दालरोटी र परौठा बनाउनका लागि यसको प्रयोग गर्न सकिन्छ । - नयाँ पत्रिकाबाट
प्रतिक्रिया दिनुहोस