हेमराज विसीको स्वीकारोक्तिः ‘ब्रेकअप’ को ओपनिङ राम्रो भएन

शुक्रबार, १७ फागुन २०७५, १६ : ३७
हेमराज विसीको स्वीकारोक्तिः ‘ब्रेकअप’ को ओपनिङ राम्रो भएन

काठमाडौँ । वर्ष २०७५ ले अबको डेढ महिनामा हामीबाट सदा(सदाका लागि विदा माग्दैछ । गएको साढे १० महिनाको अवधिमा नेपाली फिल्म क्षेत्रमा के -कस्ता उपलब्धि भए रु त्यसको समीक्षा गर्न बाँकी छ । तर, हरेक वर्षझैँ यस वर्ष पनि थुप्रै निर्माताहरुको करोडौंको लगानी बालुवामा पानी हालेझैं भएको छ । कति त न घर न घाटको समेत भएका छन् । 
 
बैशाखदेखि फागुन दोस्रो सातासम्म आइपुग्दा ८० भन्दा बढी फिल्म प्रदर्शनमा आइसकेका छन् । तर, हिटको संख्या अत्यन्त कम छ । नाइँ नभन्नू ल ५, छक्का पञ्जा ३ र जय भोले सुपरहिट साबित भए । चंगा चेट, प्रसाद, रामकहानी र इन्टु मिन्टु लण्डनमा ले जेन्तेन लगानी सुरक्षित गर्‍यो। बाँकी अधिकांश फिल्मले हलमा पानी समेत भन्न पाएनन् । 
 
पछिल्लो रिलिज फिल्म प्रसाद पछि कुनै फिल्मले लगानी सुरक्षित गरेको रेकर्ड छैन । धेरै आशलाग्दा फिल्म रिलिज भए तर हलसम्म दर्शक नै पुगिदिएनन् । हल पुगेका दर्शक पनि नाक खुम्च्याउँदै निस्किए । अहिले चलचित्रकर्मीबीच दर्शक हराएको चर्चा सुरु हुन थालेको छ । हेरेर राम्रो वा नराम्रो भन्नु त टाढाको कुरा दर्शक फिल्म हेर्न हलसम्म पनि पुग्न छाडिसकेका छन् । 
 
केही महिनायता ठन्डारामु रहेको नेपाली फिल्मको व्यापार शुक्रवारबाट प्रदर्शनमा आएका दुई ठूला फिल्म क्याप्टेन र द ब्रेकअपुले चलायमान बनाउने चलचित्रकर्मीहरुको ठूलो विश्वास छ । तर, पहिलो दिन ९शुक्रवार० बिहानको ओपनिङले भने केही निराश बनाएको छ । प्रदर्शनको पहिलो दिन बिहान मल्टिप्लेक्स र सिंगल थिएटर दुबैमा दुबै फिल्ममा दर्शकको उपस्थिति उत्साहजनक छैन ।  

प्रतिक्रिया दिनुहोस