बच्चा थुपार्ने रहर

सोमबार, १३ फागुन २०७५, २१ : ३१
बच्चा थुपार्ने रहर

अभिनेत्री केट हड्सनका अहिले नै तीन सन्तान छन्। तर, केटले आफूलाई अझै बच्चा जन्माउन नपुगेको बयान दिएकी छिन्। केटका पूर्वपति क्रिस रोबिन्सनबाट १५ वर्षको छोरा छन्।

त्यसै गरी, उनले विवाह नै नगरी प्रेमी मेट बेलामीबाट पनि एउटा बच्चा जन्माएकी थिइन्, जो सात वर्षका छन्। र, प्रेमी ड्यानी फुजिकावाबाट भर्खरै तीन महिनाकी छोरी छिन्। जब एक अनलाइनले उनलाई अब त बच्चा पाउन पुग्यो होला नि भनेर सोधेका थिए। केटले आफूलाई अझै एकदुई बच्चा जन्माउन समस्या नभएको जवाफ दिएकी थिइन्।  

‘मलाई बच्चा साह्रै मन पर्छ,’ उनले अन्तर्वार्तामा भनेकी छिन्, ‘मन मिल्यो भने फेरि बच्चा जन्माउन मलाई कुनै समस्या छैन। म बच्चाका लागि कहिल्यै पनि नाइँ भन्न सक्दिनँ। ड्यानीलाई छोरीपछि एउटा छोरा पनि होस् भन्ने लागेको छ। सायद, हामी अर्को बच्चा जन्माउँछौँ।’ सम्पूर्ण बाट

प्रतिक्रिया दिनुहोस