युट्युवमा चर्चित बन्दै ‘मेरी आमा’को भिडियो

सफल खबर संवाददाता

सोमबार, १३ फागुन २०७५, १७ : १६
युट्युवमा चर्चित बन्दै ‘मेरी आमा’को भिडियो

काठमाडौं । निर्मला पन्तले न्याय नपाएको ७ महिना बढी भैसक्यो । यो देशमा अझै पनि हाम्रा चेलीबेटीहरुका अस्मिता लुटिएका खबर सञ्चार माध्यमहरुमा दिनानुदिन आइरहेका छन् । बलात्कार जस्तो जघन्य अपराधका दोषीलाई कडाभन्दा कडा कारवाही हुन पर्छ भनेर लेख साहित्य, आन्दोलन र  बहस हुँदै आएको छ । दैनिक अखबारका पानाहरुमा छापिने रगतले लतपतिएका हाम्रा चेलीबेटीहरुको खबर सुन्दा कुन चाहिँ नेपालीको मन नरोला र अनि  मनमा आक्रोश उत्पन्न नहोला ? 

परदेश अमेरिकामा बसेर पनि घरदेशका बारेमा चिन्ता र चासो राख्ने गीतकार प्रलाद शाहले लेखेको गीत ‘मेरी आमा’लाई दर्शक श्रोताले निकै मन पराएका छन् । एकदमै मनछुने शब्द रहेको यस गीतमा लोकप्रिय गायिका मेलीना राईको आवाज रहेको छ भने संगीत नबिन कार्कीको रहेको छ । 

रंगमन्चकी चर्चित कलाकार शान्ती गिरी र ‘नाई न भन्नु ल ५’ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन् । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । विकाश सुवेदीको कथा र कन्स्पेटमा गीतको भिडियो तयार भएको हो । 

 

प्रतिक्रिया दिनुहोस