द म्यान फ्रम काठमाडौँमा कलिउडदेखि हलिउडसम्मका कलाकार

सफल खबर संवाददाता

सोमबार, १३ फागुन २०७५, १६ : ४३
द म्यान फ्रम काठमाडौँमा कलिउडदेखि हलिउडसम्मका कलाकार

चितवन । गायक यम बुद्धको मृत्यु भएको दुई वर्ष पूरा भएको छ । उनी अभिनित पछिल्लो एउटा गीत चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’मा समावेश गरिएको छ । 
यस गीतमा यम बुद्ध फिर्चड गरिएको थियो तर गीत सार्वजनिक हुनुअघि नै उनले यो संसार त्यागेका थिए । गएको प्रणय दिवसमा सार्वजनिक यस गीतमा यम बुद्धकै आवाज छ । 
नेपाली निर्माताको अन्तर्राष्ट्रिय स्तरको चलचित्र हो ‘द म्यान फ्रम काठमाडाँै’ । चलचित्रको प्रचारको लागि नारायणगढ आएको टोलीले पत्रकार सम्मेलन गरी चलचित्र चैत १ गतेबाट देशभरका हलहरुमा प्रदर्शन हुने जनाएको छ । चलचित्रका निर्माता नकिम उद्दिनले भने, ‘द म्यान फ्रम काठमाडौँ’मा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका कलाकारहरुले अभिनय गरेका छन् । 
उनका अनुसार चलचित्र नेपाली र अंग्रेजी दुवै संवादमा तयार भएको छ । ‘नेपालमा देखाइने चलचित्र नेपाली भाषा र विदेशमा देखाइने चलचित्र अंग्रेजी भाषामा हुनेछ’ निर्माता उद्दिनले भने, ‘यस चलचित्रले नेपाली संस्कृतिलाई उजागर गरेको छ, नेपालीपनलाई झल्काएको छ ।
अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउडका अभिनेता गुल्सन ग्रोबर, पाकिस्तानी कलाकार अभिनेता जोसे म्यालुअलको चलचित्रमा दमदार अभिनय रहेको छ । नेपालका कलाकार नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, परमिता राना, कर्मा लगायतका कलाकारहरू छन् । 
चलचित्रमा हिन्दु र मुस्लिम युवकको अतिवादी सोचसहितको यात्रालाई पर्दाफास गरिएको छ । निर्माता उद्दिनले भने, ‘पाँच करोड लगानीमा चलचित्र तयार भएको छ, यस चलचित्रलाई विदेश अमेरिका, भारत, पास्किस्तानलगायतका देशहरुमा पनि प्रदर्शन गरिनेछ ।’ उनका अनुसार जुन देशका कलाकार छन्, त्यो देशमा प्रदर्शन गर्न सहज हुनेछ । 
चलचित्रको छायाँङ्कन नेपालमा र अमेरिकाको लस एन्जल्समा गरिएको छ । बलिउडका चर्चित खलनायक गुलशन ग्रोबर यस चलचित्रमा खलनायकको भूमिकामा देखिएका छन् । 
पत्रकार सम्मेलनमा उपस्थित भएका कर्माले भने, ‘म पनि बम बम भोले’ भन्दै नेगेटिभ भूमिकामा देखिएको छु । फिल्मका निर्देशक अमेरिकी नागरिक पेमा हुन् । चलचित्रको मुख्य भूमिकामा अमेरिकाका जोश म्यानुल छन् भने नेपाली नायिका आना शर्मा उनको अपोजिटमा देखिँदैछिन् । उनले भनिन्, ‘मेरो भूमिका सोसल वर्कर हो, जुन युवती सत्यको खोजीमा लागिरहन्छे ।’
कार्लोस मेडिनाको छायांकन रहेको यस चलचित्रमा निर्देशक पेमा स्वयम्को पटकथा, एरिक कारखेकको सम्पादन र जोसे म्यानुएलको द्वन्द्व रहेको छ । निर्देशक पेमाको साथी भएका कारण गुलशन यो फिल्म खेल्न राजी भएका हुन् । 
‘चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने मुख्य उद्देश्यले बनाइएको हो’ निर्माता उद्दिनले भने, ‘नेपाली सिने क्षेत्रमा नयाँ तरंग पैदा गर्ने विश्वास गरिएको छ ।’


 

प्रतिक्रिया दिनुहोस