कोसँग हुन्छ आँचलको बिहे ?

आइतबार, १२ फागुन २०७५, २० : ०७
कोसँग हुन्छ आँचलको बिहे ?

पल शाह र आँचललाई संसारले जोडीका रूपमा चिन्छ। अझ आँचल र पत्रकारको विवादमा पल आँचलको बचाउमा उत्रिएपछि दुवैको मायालाई धेरैले आदर्श नै मानेका छन्।

तर, यहीबीचमा आँचलको एउटा भनाइ बाहिर आएको छ, जहाँ उनले पलसँग आफ्नो विवाहको एकप्रतिशत पनि सम्भावना नभएको बताएकी छिन्। ‘हाम्रो साथीबाहेक अरू कुनै रिलेसन नै छैन। हाम्रो विवाह हुन्छ भन्ने कुरामा एक प्रतिशत पनि ढुक्क छैन।’

आँचलको यो कुरा नियालेर हेर्ने हो भने दुइटा कुरा देखिन्छ। पहिलो,उनीहरूको ब्रेकअप भइसकेको छ। पलले अरूको ध्यान मोड्न आँचलको बचाउमा देखापरेका हुन्। आजभोलि उनले आँचलसँगभन्दा पनि अरू–अरूसँग भिडियो गरिरहेका छन्।

दोस्रो कुरा चाहिँ के हो भने आँचलको कुराको भर गर्नुहुन्न। इतिहास साक्षी छ, अघिल्लो पटक आफैँले बोलेको कुरा होइन भनिदिन्छिन्। मतलब, ‘तपाईंले बिहे गर्दिन भन्नुभएको थियो, फेरि गर्नुभयो’ भनेर कसैले सोध्यो भने आँचलको जवाफ हुन्छ, ‘ह्या, मैले त्यस्तो भनेकै छैन।’ सम्पूर्ण बाट

प्रतिक्रिया दिनुहोस