प्रविधिको प्रयोग गरेर भवन वनाउन मेयर चौधरीको आग्रह

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, १९ : ४१
प्रविधिको प्रयोग गरेर भवन वनाउन मेयर चौधरीको आग्रह

चितवन । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले शीप ज्ञान र प्रविधिको प्रयोग गरेर भवन निर्माण गर्न गराउन डकर्मीहरुलाई आग्रह गरेका छन् । डकर्मीहरुका लागि खैरहनी नगरपालिकाले आयोजना गरेको भुकम्प प्रतिरोधी निर्माण सम्वन्धी तालिमको समापन गर्दै मेयर चौधरीले प्रविधिलाई उच्चतम प्रयोग गर्नु पर्ने वताएका हुन् । मेयर चौधरीले नक्सापासदेखी निर्माण स्थलसम्ममा ध्यान दिए घरधनी समस्यामा नपर्ने वताए । उनले मापदण्ड अनुसार भवन निर्माण गर्न गराउन समेत डकर्मीहरुलाई आग्रह गरे ।  भुकम्प प्रतिरोधी भवन वनाउन केही खर्च वढि लाग्ने भएपनि भवन टिकाउन हुने मेयर चौधरीको भनाई थियो । समापन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले दक्षता वृद्धी गर्न तालिम आवश्यक पर्ने भएकाले माग अनुसार पुन तालिम संचालन गर्न नगरपालिकाले सहयोग गर्ने आश्वासन दिए । फागुन ६ गतेदेखी सुरु भएको तालिममा खैरहनी नगरपालिकाका इन्जिनियर राजेश कोईराला,प्रेमनारायण अधिकारी र दिपक शाहले भुकम्प प्रतिरोधी निर्माण सम्वन्धमा सहजीकरण गरेका थिए । तालिममा नगर भित्रका २४ जना डकर्मी तथा ठेकेदारहरुको सहभागीता रहेको थियो । 

खैरहनीको कठारमा कृषि तालिम
फागुन १२ गते ।  खैरहनी नगरपालिका १० कठारमा धानमा लाग्ने रोग निवारण सम्वन्धी तालिम आईतवारदेखी सुरु भएको छ । साना किसान कृषि सहकारी संस्था कठारको आयोजना तथा खैरहनी १० वडा कार्यालयको सहयोगमा दुई दिने तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै खैरहनीका मेयर लालमणी चौधरीले एकिकृत कृषि पेशा गर्नु पर्नेमा जोड दिए । घर खर्च चलाउन र आम्दानीको श्रोत वढाउन थोरै जग्गामा पनि एकिकृत रुपमा कृषि पेश ागर्न सकिने मेयर चौधरीले वताए । सहकारीकी अध्यक्ष गीता केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी लगायतले मन्तव्य राखेका थिए । सो वडाका ६० जना कृषकहरु सहभागीता तालिमको पहिलो दिन खैरहनी नगरपालिकाका कृषि शाखा प्रमुख श्रीकृष्ण घिमिरेले सहजीकरण गरेका छन् । 

विद्यालय नियमित गराउन शैक्षिक सामाग्री सहयोग 
फागुन १२ गते ।  रत्ननगर उद्योग वाणिज्य संघले रत्ननगर १५ स्थित विन्देश्वरी आधारभूत विद्यालयका ४ जना विद्यार्थीलाई शैक्षिक सामाग्री र दिवा खाजा सहयोग गरेको छ । रत्ननगर नगरपालिका र यूनिसेफ नेपालको सहकार्यमा संचालित वाल संरक्षण तथा वालश्रम न्युनिकरण कार्यक्रम अन्र्तगत सो विद्यालयमा अनियमित भएका ति विद्यार्थीहरुलाई सहयोग गरिएको हो । ति विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, विद्यालय पोशाक,झोला, कापि, कलम तथा स्वीटर र विद्यालयलाई खाजा सहयोग गरिएको थियो । उद्योगी व्यवसायिका हितका साथसाथै बालबालिकाको क्षेत्रमा पनि काम गर्दै आएको संघले सम्पुर्ण बालबालिकाले विद्यालय शिक्षा प्राप्त गरुन र श्रममा जानबाट रोकियोस भन्ने उद्देश्यका साथ सामाग्री हस्तान्तरण गरिएको संघका अध्यक्ष राजाराम रेग्मीले जानकारी दिए । संघका अध्यक्ष रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व अध्यक्ष एवं बाल संरक्षण तथा बालश्रम न्यूनिकरण कार्यक्रमका संयोजक दिपक कुमार कर्माचार्य, रत्ननगर १५ का वडा सदस्य राम बहादुर लामा, विद्यालय व्ववस्थापन समितिका अध्यक्ष पुरुषोत्तम कट्टेल र विद्यालयका प्रधानाध्यापक भिम प्रसाद खनालको उपस्थितीमा विद्यालय निरन्तरका लागि संयूक्त रुपमा हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस