चीनमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु

एजेन्सी

आइतबार, १२ फागुन २०७५, १७ : ०२
चीनमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु

होहोट । चीनको उत्तरी क्षेत्रमा रहेको एउटा खानीमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार शनिबार मजदूर बोकेको ट्रक अनियन्त्रित भई भएको दुर्घटनामा परी अरु २९ जना घाइते भएका छन् । 

जस्ता र चाँदीको खानीमा स्थानीय समयअनुसार बिहान ८.२० मा दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । 

चीनका कोइला समेतका अरु खानीहरु मानवका लागि विश्वमै निकै जोखिमपूर्ण मानिन्छ । चीनमा बर्सेनि सयौंको खानी दुर्घटनामा परेर मृत्यु हुने गरेको छ ।  (रासस/सिन्ह्वा) 

प्रतिक्रिया दिनुहोस