९० जनाका लागि स्वंसेवकका रूपमा काम गर्न भर्ना आह्‍वान

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, १५ : ०७
९० जनाका लागि स्वंसेवकका रूपमा काम गर्न भर्ना आह्‍वान

पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवाका लागि ३५ जना, इन्जिनियरिङ, पशु र कृषि सेवाका लागि समान १५-१५ जनाका दरले दरखास्त आह्‍वान गरेको छ । त्यस्तै वन र कम्युटर सेवाका लागि समान ५-५ जना मागेको हो ।

आइतबार प्रकाशन गरेको विज्ञापनमा आजकै मितिदेखि १५ दिनभित्र सामाजिक विकास मन्त्रलायमा दरखास्त पेस गर्न भनेको छ ।  दरखास्त दिने गण्डकी प्रदेशकै वासिन्दा हुनु पर्नेछ । यो योजनामा काम गर्ने स्वयंसेवकले तलब पाउने गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने, ‘यो योजना राष्ट्रिय योजना आयोगको कार्यक्रम भएको र प्रदेशले नै आवश्‍यक जनशक्ति भर्ना गर्ने भएको हुनाले दरखास्त मागिएको हो।’

प्रतिक्रिया दिनुहोस