घुस्याहा चौवेको कपाल फुल्यो, बुद्धि फुलेन

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, १४ : ५६
घुस्याहा चौवेको कपाल फुल्यो, बुद्धि फुलेन

कपिलवस्तु । शनिबार दिउँसो कपिलवस्तु नगरपालिका-१ स्थित मालटोलमा एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा जिल्लाको यशोधरा गाउँपालिका-३ वसन्तपुरस्थित श्री कृष्ण धार्मिक माविका सदस्य विजयनाथ चौवेलाई पक्राउ गरेको छ ।

शिक्षक नियुक्त गरिदिने भन्दै १ लाख रुपैयाँ लिँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई अख्तियारले आफ्नो नियन्त्रणमा लिई भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको अख्तियार दुरुपयोग आयोगको बुटवल कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।

प्रतिक्रिया दिनुहोस