अनमोल केसीको फिल्म ‘क्याप्टेन’ सँग अर्को फिल्म किन जुध्यो ?

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, ११ : ३८
अनमोल केसीको फिल्म ‘क्याप्टेन’ सँग अर्को फिल्म किन जुध्यो ?

चितवन । यही फागुन १७ गतेदेखि प्रर्दशनमा आउन लागेको बहुप्रतिक्षित फिल्म हो ‘क्याप्टेन’ । सुपरस्टार भुवन केसीले निर्माण गरेको फिल्मका मेघा स्टार अनमोल केसी मुख्य भूमिकामा छन् ।
अनमोल केसी यस्ता कालकार हुन, उनले अभिनय गरेका सबै चलचित्रले चर्चा र राम्रो व्यपार गरेका छन् । उनले अभिनय गरेका चलचित्रसँग एउटै मितिमा फिल्म रिलिज गर्न निर्माण युनिटले विवेक लगाउनु पर्छ ।
त्यही मितिमा रिलिज हुन लागेको छ फिल्म ‘ब्रेक अप’ । रमाईलो कुरा त के छ भने अमनोल केसी अभिनित फिल्म होस्टेल, जेरी र गाजालुका निर्देशक हेमराज बिसीले ‘ब्रेक अप’ निर्देशन गरेका हुन् । फिल्मका पंडितहरु अनुसार क्याप्टेनमा दिवाकर भट्टराईले निर्देशनको जिम्मा पाएपछि त्यही झोकामा ‘ब्रेक अप’ लाई एउटै मितिमा रिलिज गराईएको हो ।
तर रिलिज डेट एउटै भएपनि गोल कस्ले हान्छ भन्ने कुरा रिलिजपछि नै थाहा लाग्ने नायक अनमोल केसीको भनाई छ ।
‘हाम्रो सम्बन्ध एकदमै राम्रो छ’ केसी भन्छन्‘ ग्राउण्डमा एउटा मात्र खेलाडी हुँदैनन् । अब गोल चाहीँ कसले हान्छ त्यो हेर्न बाँकी छ ।’
चलचित्रका निर्माता एवं नायक भुवन केसीले ‘क्याप्टेन’ राम्रो गर्छ भन्ने आशा छ त्यसैले अर्को चलचित्र रिलिज भएर फरक नपर्ने बताए । ८ महिना अगाडि ‘क्याप्टेन’ को घोषणा गरेका थियौ, हाम्रो चहाना थिए तर हामीलाई पर्छान केही तत्वहरु लागि परेको हुन सक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस