बछ्यौलीको २९ कठ्ठा जग्गा विप्लव माओवादीको नियन्त्रणमा

सफल खबर संवाददाता

आइतबार, १२ फागुन २०७५, ११ : ३३
बछ्यौलीको २९ कठ्ठा जग्गा विप्लव माओवादीको नियन्त्रणमा

चितवन । न्यायिक समितिले विवाद मिलाएपछि पनि माफियाहरुले हडप्न खोजेको भन्दै बछ्यौलीको २९ कठ्ठा जग्गा विप्लव नेकपाले नियन्त्रणमा लिएको छ । विवाद नमिल्दासम्म उक्त जग्गा नेकपाकै नियन्त्रणमा रहने पार्टीनिकट राष्ट्रिय थारू मुक्ति मोर्चा नेपाल चितवनले जनाएको छ ।

यसअघि विवादित रहेको र न्यायिक समितिले एकपटक मिलाइसके पनि दलालले हडपेको जग्गा नियन्त्रणमा लिएको थारू मुक्ति मोर्चाले जनाएको छ । चितवनको साबिक बछौली ६ निवासी राजु चौधरीको एकाघर परिवारका नाममा रहेको हाल रत्ननगर नगरपालिका ६ मा रहेको कित्ता नम्बर ८ क २७० को १४ कठ्ठा १ धुर, कित्ता नम्बर ८ क २७१ को २ कठ्ठा ६ धुर र कित्ता नम्बर ८ ग २४४ को १२ कठ्ठा १६ गरी जम्मा १ बिघा ९ कठ्ठा ३ धुर जग्गा मोर्चाले नियन्त्रणमा लिएको हो ।

उक्त जग्गा कुनै व्यक्ति वा समूहलाई खरिद तथा बिक्री र धितोस्वरूप कुनै पनि काम नगर्न पनि मोर्चाले सचेत गराएको छ । मेर्चाले उक्त जग्गा टीका कँडेल र केशव लामिछाने लगायत जग्गा दलालहरुले जालसाजी गरी हडप्न खोजेको र चितवन जिल्ला न्यायिक समितिले दुवै पक्षलाई राखी छलफल गराई निर्णय गरिसकेको अवस्थामा फेरि उक्त निर्णयलाई बेवास्ता गरिएकाले उक्त जग्गाको सम्बन्धित पक्षले न्याय नपाएसम्म नियन्त्रणमा लिइएको राष्ट्रिय थारू मुक्तिमोर्चा नेपाल चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस