अभिनेता सञ्जय दत्तले कुनै वेला लागुऔषधको दुर्व्यसनमा फस्नु नै आफ्नो जीवनको सबैभन्दा ठूलो भूल भएको बताएका छन् । हुन त यो सञ्जयबारे नयाँ कुरा होइन । उनले जवानीमा लागुऔषध सेवन गरेको कुरा उनको बायोपिक सन्जु फिल्ममा आइसकेको छ ।
सञ्जयले हालै एउटा कार्यक्रममा आफ्नो जीवनको भुलबारे बताउने क्रममा लागुऔषध सेवनको प्रसंग खोलेका हुन् । उनले भनेका छन्, ‘मैले ड्रग एडिक्ट भएर निजी जीवनमा धेरै कुरा गुमाएको छु ।’ समयले सबैलाई एउटा मौका दिने र आफूलाई पनि त्यो मौका मिलेको बताउँदै उनले आफूले समयमै दुर्व्यसनबाट छुटकारा पाएको सम्झिएका छन् ।
उनले अब आफू ‘ड्रग फ्री इन्डिया’ अभियानसँग जोडिएर युुवालाई दुर्व्यसनीबाट रोक्न काम गर्ने बताएका छन् । उनले युवालाई समयमै गलत र सही छुट्याउन आग्रह गरेका छन् ।
मैले ड्रग एडिक्ट भएर निजी जीवनमा धेरै कुरा गुमाएको छु, समयले सबैलाई एक मौका दिन्छ, त्यो मौका मैले पनि पाएको थिएँ । नयाँ पत्रिका
प्रतिक्रिया दिनुहोस