आमा आयुर्वेद सेवाको निःशुल्क स्वास्थ्य शिविरमा घुइँचो

सफल खबर संवाददाता

शनिबार, ११ फागुन २०७५, १९ : २९
आमा आयुर्वेद सेवाको निःशुल्क स्वास्थ्य शिविरमा घुइँचो

चितवन । आमा आयुर्वेद सेवा प्रालि पुलचोकले निः शुल्क स्वास्थ्य शिविर गरेको छ । सेवा प्रालिले आफ्नो सेवा प्रारम्भको अवसरमा आयुर्वेद परिसरमा शनिबार विहान ९ बजेदेखि साँझ ६ बजेसम्म शिविर सञ्चालन गरेको थियो । शिविरमा ५१ जना महिला र ५८ जना पुरुषले सेवा लिएका छन् ।
आयुर्वेदका निर्देशक दिनेश श्रेष्ठका अनुसार आमा आयुर्वेद सेवा प्रालिमा चितवन लगायत आसपासका जिल्लाहरुबाट सेवा लिन आएका थिए । आयुर्वेद विशेषज्ञहरुबाट स्वास्थ्य जाँच गरी निःशुल्क औषधि वितरण गरिएको आयुर्वेदका निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । 
शिविरमा पेट, मानसिक, छाला, यौन, नाँक, कान, घाँटी हाडजोर्नी, नशा, मलद्धार, स्त्री तथा प्रशुती, श्वास प्रश्वास, सुगर, प्रेसर, थाइराइड लगायतका रोगहरुको स्वास्थ्य चेक जाँच गरिएको निर्देशक श्रेष्ठले बताए ।
त्यस्तै शिविरमा क्षारसुत्र, ल्याब, पञ्चकर्म सेवामा १५ देखि २० प्रतिशतसम्म छुट दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस